us-doj-guidance-CRT-1315966•Workers with Temporary Protected Status: Protect Your Right to Work (Nepali)
Workers with Temporary Protected Status: Protect Your Right to Work (Nepali)
us-doj-guidance-CRT-1315966Workers with Temporary Protected Status: Protect Your Right to Work (Nepali)Guidance
संयुक्त राज्य न्याय विभाग, नागरिक अधिकार शाखा, आप्रवासी तथा कर्मचारी अधिकार खण्ड, अक्टोबर 2018 संयुक्त राज्य न्याय विभाग नागरिक अधिकार शाखा आप्रवासी तथा कर्मचारी अधिकार खण्ड अस्थायी संरक्षित स्थिति (TPS) ले कामदारहरूलाई संयुक्त राज्य अमेरिकामा बस्ने एउटा अस्थायी अधिकार प्रदान गर्छ। यदि तपाईंले TPS पाउनु भएको छ भने, तपाईं काम गर्ने अनुमतिका लागि योग्य हुनुहुन्छ, जसलाई रोजगार अनुमति कागजात (EAD) पनि भनिन्छ। स्थगित बाध्य प्रस्थान (DED) भएकाहरूले पनि काम गर्ने उक्त अधिकार पाएका हुन्छन्, र तलको जानकारी सामान्यतया TPS हुने कामदारहरूका अतिरिक्त DED हुने कामदारहरूमा पनि लागु हुन्छ। TPS को व्यवस्था गर्ने कानून 8 U.S.C.§ 1254(a) मा पाइन्छ तथा नियमहरू 8 C.F.R.244. मा हेर्न सकिन्छ। वैदेशिक सम्बन्ध सञ्चालन गर्ने राष्ट्रपतिको अधिकारको रूपमा राष्ट्रपतिले DED को स्वीकृति दिन सक्छन्। काम गर्ने अनुमतिहरूका लागि योग्य हुने मानिसहरूको वर्गका बारेमा नियमहरू 8 C.F.R. 274a.12 मा उपलब्ध छन्। तपाईंको EAD म्याद समाप्ति मिति पश्चात् पनि मान्य रहन सक्छ। सरकारले तपाईंको देशका लागि TPS को म्याद थप गर्न सक्छ। सरकारले TPS म्याद थपहरूबारे सङ्घीय दर्ता किताबमा सूचना दिन्छ। यदि सरकारले तपाईंको देशको लागि TPS म्याद थप गरेमा, सङ्घीय दर्ता किताबले तपाईंलाई काम गर्न जारी राख्नका लागि TPS का लागि पुनः-दर्ता गर्नुपर्ने र नयाँ EAD मा आवेदन दिनुपर्ने भनेर सूचना दिनेछ। कहिलेकाहीँ, सरकारले सङ्घीय दर्ता किताब मार्फत पनि TPS EAD को म्याद बढाउन सक्छ। सङ्घीय दर्ता किताब सूचनामा EAD म्याद समाप्ति स्वतः नयाँ मितिमा सर्नेछ वा सर्दैन भनेर बताइएको हुनेछ जसद्वारा तपाईंको नयाँ EAD आउन्जेल तपाईं काम गर्दै गर्न पाउनु हुन्छ। तपाईंको देशको लागि TPS का बारेमा तथा सङ्घीय दर्ता किताब सूचनाका लागि www.uscis gov/tps मा जानुहोस्। यदि सरकारले EAD सङ्घीय दर्ता किताब सूचना मार्फत स्वतः म्याद थप गरेन तर तपाईंले आफ्नो TPS EAD नवीकरण गर्न आवेदन दिनुभएको छ भने, तपाईंको EAD को म्याद समाप्ति मिति पछि पनि तपाईंको नयाँ EAD आउन्जेल तपाईं काम गर्न जारी राख्न सक्नुहुन्छ। अस्थायी संरक्षित स्थिति हुने कामदारहरू तपाईंको काम गर्ने अधिकारको सुरक्षा गरौं तपाईंको EAD म्याद समाप्ति मितिको 180 दिन सम्म, तपाईंले आफ्नो TPS (तर DED होइन) EAD र साथमा सरकारले तपाईंको EAD नवीकरण आवेदन प्राप्त गरेको प्रमाण स्वरुप I-797C प्राप्तिको सूचना देखाउन सक्नुहुन्छ। यदि सङ्घीय दर्ता किताब सूचनाद्वारा तपाईंको EAD को स्वतः म्याद थप गरेमा, तपाईंले I-797C नदेखाएर पनि तपाईंको EAD ले काम गरि राख्नेछ। EAD हरूको स्वतः म्याद थप बारेमा बढी जानकारीका लागि, यो USCIS तथ्यपत्र, फारम I-9 भर्ने सम्बन्धमा रोजगारदाताको हाते पुस्तिका, तथा 8 C.F.R.274a.2(b)(1)(vii) पढ्नुहोस्। थप जानकारीका लागि तपाईंले आप्रवासी तथा कर्मचारी अधिकार खण्ड (IER) मा कल पनि गर्न सक्नुहुन्छ।
संयुक्त राज्य न्याय विभाग, नागरिक अधिकार शाखा, आप्रवासी तथा कर्मचारी अधिकार खण्ड, अक्टोबर 2018 यो पर्चा एजेन्सीको अन्तिम कारबाही होइन, यसको कुनै कानूनी रुपमा बाध्यात्मक असर हुँदैन, साथै प्रचलित कानून अनुसार विभागको स्वविवेकमा यसलाई रद्द गर्न वा संशोधन गर्न सकिनेछ। यो पर्चाबाट प्रचलित विधान, नियम, वा बाध्यात्मक न्यायिक प्रक्रियाका शर्तहरूद्वारा आवश्यक भन्दा बाहेक कानूनी रुपमा बाध्यात्मक उत्तरदायित्वहरू स्थापित हुँदैन। आप्रवासी तथा कर्मचारी अधिकार खण्ड (IER) 1-800-255-7688 www.justice.gov/ier नाम नबताइ कल गर्न सकिन्छ तथा भाषा सेवाहरू पनि उपलब्ध छन्। TTY 1-800-237-2515 थप गरिएको EAD म्यादको अन्त सम्म तपाईंको EAD मान्य रहनेछ। यदि तपाईंसँग स्वतः-म्याद थप गरिएको EAD छ भने, तपाईंको EAD वा तपाईंको EAD तथा I-797C दुवै थप गरिएको EAD म्यादको अन्त सम्म फाराम I-9 कागजात मान्य हुनेछ। तपाईंले यसबारे IER मा सम्पर्क गरेर तथा 8 C.F.R. 274a.2(b)(1)(vii) मा थप जानकारी पाउन सक्नुहुन्छ। यदि तपाईंको रोजगारदाताले तपाईंको कागजात स्वीकार गर्दैन भने वा अतिरिक्त कागजातहरू मागेमा, IER मा कल गर्नुहोस् र हामी तपाईंलाई यसमा सहायता गर्न सक्छौं। तथ्यहरूका आधारमा, यसबाट IER ले 8 U.S.C.§ 1324b(a)(6) मा लगाउने कानूनहरूको उल्लङ्घन पनि हुन सक्छ। थप गरिएको EAD म्याद समाप्त हुनु भन्दा पहिला, तपाईंले आफ्नो रोजगारदातालाई तपाईंलाई काम गर्ने अनुमति जारी राखिएको प्रमाण देखाउनु पर्नेछ। थप गरिएको EAD म्याद समाप्त भएपछि, उक्त EAD मान्य रहँदैन। अर्कै कानून (8 U.S.C. § 1324a) अनुसार, तपाईंलाई काम गर्न अनुमति दिइएको छ वा छैन भनेर तपाईंको रोजगारदाताले फाराम I-9 का लागि अर्को कागजात हेर्न आवश्यक पर्न सक्छ। यो थप गरिएको म्याद भित्र, तपाईंसँग आफ्नो नयाँ EAD हुनु पर्छ। तपाईंले आफ्नो रोजगारदातालाई उक्त कागजात वा अन्य कुनैपनि स्वीकार गरिने सूचि A वा सूचि C कागजात देखाउन सक्नुहुन्छ। संयुक्त राज्य नागरिकता एवं अध्यागमन सेवा (USCIS) 1-800-375-5283 www.uscis.gov/tps TTY 1-800-767-1833
Setzen Sie Ihre Recherche in ChatGPT oder Claude fort
Verbinden Sie Omnilex, um den Rechtskorpus über Ihren KI-Assistenten zu durchsuchen.